नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

Share:
kp-oli news

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै अब प्रविधि र विकासको माध्यमबाट नेपाल अघि बढ्न सक्ने बताएका हुन्।

उनका अनुसार, नेपाल केही समय पछाडि परे पनि प्रविधिको प्रभावकारी उपयोग गरी अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्छ। उनले प्रविधिको पहुँच नेपालमा उपलब्ध भएकाले युवाहरूले त्यसलाई अपनाएर देशको विकासमा योगदान दिन सक्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ अघि बढ्दा सफलता पाइने भन्दै विद्यार्थीहरूलाई आत्मनिर्भर र आधुनिक विज्ञान तथा प्रविधिमा दक्ष बन्न प्रेरित गरे। उनले वर्तमान सरकार तीव्र विकास, आधुनिक शिक्षाको प्रवर्द्धन, र नयाँ पुस्तालाई वैज्ञानिक दृष्टिकोणबाट सक्षम बनाउने लक्ष्यमा केन्द्रित रहेको बताए।

“हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ, केही समय पछाडि परेका हौँ, तर अब पछाडि पर्नुपर्ने कुनै कारण छैन। प्रविधिको सबै सुविधा उपलब्ध छ, चाहे स्पेस टेक्नोलोजी होस्, एआई टेक्नोलोजी होस्, हामीले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।

कमेन्ट गर्नुहोस्
Share: