
काठमाडौँ। बैतडीकी एक युवती आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएकी छन्।दागडाकेदार गाउँपालिका-८, कालागाउँ, रिंगडाकी १७ वर्षीया मनिषा बिष्ट आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएकी हुन्। आर्थिक अवस्था कमजोर भएकोले विगत ५ दिनदेखि काठमाडौँको नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा भर्ना भए पनि उनको उपचार हुन सकेको छैन।
ब्लड क्यान्सरको समस्याबाट ग्रसित भएकी उनलाई सिभिल अस्पतालको २४१ नम्बर बेडमा छट्पटी रहेको देख्न सकिन्छ। उनका बुवा पवन सिंह बिष्टले भारतमा मजदुरी गरेर घर खर्च चलाउँदै आइरहेका छन्। उनी लेनदेन गरि घर खर्च चलाउँदै आएका थिए। एक्कासी यस्तो आइलाग्यो गरिबीको कारण राम्रो अस्पतालमा उपचार गर्न सक्ने अवस्था नरहेको मनिषाका अंकल धौल सिंह बिष्टले गुनासो पोखे।
उनका अनुसार मनिषाको क्यान्सर सुरुमा आँखामा देखिएको र पछि गाला हुँदै अहिले पुरै शरिरभरि पुगिसकेको अस्पतालका डाक्टरले भनेको उनको भनाइ छ। उपचार छिट्टै गर्नुपर्ने देखिएको अस्पतालले सुझाव दिएको छ।
उनले भने, ‘अस्पतालले उपचारमा खर्च बढी लाग्ने भनिरहेको छ। रोग निको हुन पैसा धेरै लाग्ने भएकाले आफूसँग पैसा छैन्। यदि हजुरहरुले सहयोग गर्यो भने हाम्रो छोरी बच्न सक्छ। बरु भाकै बसौँला तर छोरी बचाइदिनुस्।’
५ दिनदेखि अस्पतालको बेडमा रहेकी मनिषा न आफैंले हिँडडुल गर्न सकिरहेका छन्, न त कोल्टो नै फेर्न सकिरहेकी रहेकी छन्। उनलाई पीडा मात्रै महसुस हुन्छ। उनी न बोल्न सक्छन्। न त आफ्नो पीडा बयान गर्न नै सक्छन्। १७ वर्षको उमेरमै आफ्नो अवस्था देखेर उनको गहभरी पीडाका आँसु बाहेक केही छैनन्।
यदि उपचारका लागि रकम जुटाइएन भने उनको जीवन कतिदिन रहन्छ, भन्ने पनि उनलाई थाहा छैन। क्यान्सर जस्तो रोग शरीरमा फैलिएको छ। उनको परिवारले सहयोगका लागि अपील गरेको छ। परिवारले समय अभाव भएको हुँदा सक्दो आर्थिक सहयोग जुटाइदिन र मद्दत गरिदिनका लागि सबैलाई आग्रह गरेको छ।
सहयोगी हातहरूका कारण मनिषाले नयाँ जीवन पाउन सक्ने आशा रहेको हुँदा परिवारले आर्थिक सहयोग मागेको हो।


