समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?

201
0
Share:

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सिट संख्या सार्वजनिक गरेको हो।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २० सिट पाएको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ सिट प्राप्त गरेको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीले ९ सिट पाएको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समान ४/४ सिट प्राप्त गरेका छन्।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) सदर भएको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार कुल सदर मतका आधारमा तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ दललाई मात्र समानुपातिकतर्फ सिट निर्धारण गरिएको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: