बतास विरुद्ध कास्की अदालतले जारी गर्यो पक्राउ पूर्जी

Share:

रञ्जन अधिकारी, पोखरा । बतास अर्गनाइजेशनका सञ्चालक सदस्य विपेन्द्रराज (विपिन) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । पोखरा ६ का दालप्रसाद (मनोज) श्रेष्ठले चैतको २९ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु गरेकोमा सोमबार मात्रै कास्की प्रहरीले दर्ता गरेको थियो ।

मंगलबार कास्की जिल्ला अदालतले बतास विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । श्रेष्ठ र जनकराज पहारीले बतासबाट आफू दुई जना ४ करोड ३३ लाख रुपैयाँ ठगीमा परेको भन्दै भन्दै सोमबार जाहेरी दर्ता गरापछि मंगलबार अदालतले पुर्जी जारी गरेको हो । पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बाट ठगिएको जाहेरी दर्ता गराएका हुन् ।

देशभरका पत्रकार आन्दोलित छन् । पत्रकार लेखेकै भरमा साइबर क्राइममा फसाइएको छ । प्रेस काउन्सिलका कर्मचारीको गम्भिर त्रुटी देखिएको छ । दिउँसो ३ बजेसम्म पनि अदालतले पक्राउ पूर्जी जारी नगरेपछि पत्रकारहरु कास्की प्रहरी कार्यालय अगाडि धर्ना दिन पुगेका थिए । पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत डेढ दर्जन पत्रकारको टोलीले एसपी ओम राना, डिएसपी रविन्द्रमान गुरुङलाई ध्यानाकर्षण समेत गराए ।

ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ

फलोअपः प्रेस काउन्सिलको त्रुटीले वेबसाइट दर्ता नभएको भन्दै उजुरी, गिरी पक्राउ पर्ने थिएनन्

 

कमेन्ट गर्नुहोस्
Share: