९ लाख घुससहित पोखरामा सडक डिभिजनका प्रमुख रंगेहात पक्राउ, ईञ्जिनियर र ठेकेदार पनि पक्रिए

Share:

पोखरा । सडक डिभिजन कार्यालय, पोखराका प्रमुख नै घुससहित रंगेहात पक्राउ परेका छन् । प्रमुखसँगै ईञ्जिनियर र घुस दिने ठेकेदार पनि अख्तियारको टोलीले पक्रेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग , क्षेत्रीय कार्यालय पोखराको टोलीले विहीबार कार्यालय प्रमुख ई. हरिकुमार पोख्रेल, कार्यालयकै इन्जिनियर पवित्रमणि आचार्य र ठेकेदार ऋषिराम गौतमलाई पक्राउ गरेको हो ।

पोखरेलकै सरकारी निवासमा अख्तियार टोलीले दुई जनालाई साँझ ७ बजे रंगेहात पक्राउ गरेको अख्तियार श्रोतले जनाएको छ । विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदार एसआर निर्माण सेवाका ऋषिराम गौतमबाट ९ लाख घुस लिने क्रममा उनीहरु पक्रिएका हुन् । सडकको ठेक्का मिलाउने शर्तबमोजिम रकम आदानप्रदान हुँदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: