काठमाडौं, कात्तिक ३ अखिल नेपाल फुटबल संघ एन्फाले आगामी कात्तिक १४ गते कतारमा हुने फिलिपिन्ससँगको मैत्रिपूर्ण खेलका लागि २४ जना खेलाडी छनोट गरेको छ। ४० जना बन्द प्रशिक्षणमा राखेको एन्फाले यु १७का चार जना खेलाडीसहित टोलीको घोषणा गरेको हो। यु १७ का बिमल घर्तिमगरसँगै अनन्त तामाङ, अञ्जन विष्ट र दिनेश राजबंशी छानिएका हुन्।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ज्याक स्टेफानोस्कीले १७ जना खेलाडी यु २३ बाट छानेका छन्। दुई जना गोल किपर छनोट भएको टिममा ९ जना डिफेन्डर, सात जना मिडफिल्डर र सात जना स्ट्राइकर टिममा परेका हुन्।
छनोटमा परेका खेलाडीहरू
गोलकिपरः बिकेश कुथु, किरण चेम्जोङ
डिफेन्सः आदित्य चौधरी, सागर थापा, सन्दीप राई, विराज महर्जन, रविन श्रेष्ठ, राजिन धिमाल, अनन्त तामाङ, रोहित चन्द र दिनेश राजबंशी
मिड फिल्डरः भोला सिलवाल, विक्रम लामा, हेमन गुरूङ, जगजित श्रेष्ठ, श्याम नेपाली, सुशील केसी र राजु तामाङ
फरवार्डः भरत खवास, विमल घर्तिमगर, अनिल गुरूङ, असिम जंग कार्की, जुमनु राई, कर्ण लिम्बु, अञ्जन विष्ट
मुख्य कोचः ज्याक स्टेफानोस्की
सहायक कोचः हरि खड्का
गोलकिपर कोचः रितेस थापा
टिम मेनेजर- रविन्द्र जोशी
