पारसले टी-१० लिग खेल्ने, विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली

Share:

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी-१० लिग खेल्ने भएका छन् । पारसले टी-१० लिग आबु धाबीबाट खेल्ने भएका छन् । यो संगै विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपालीपारस बनेका छन्।

पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । टी-१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।

आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: