एकैदिन ३४३९ जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार सबैभन्दा धेरै काठमाडौँमा १२९६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, मोरङका ३२२ जना, ललितपुरका २९३ जना, सुनसरीका १९३ जना, चितवनका १३१ जना, रुपन्देहीका १३० जना, बाँकेका १०६ जना, मकवानपुरका ९९ जना, भक्तपुरका ९५ जना, सुर्खेतका ७८ जना, काभ्रेका ५१ जना, दार्चुलाका ४८ जना, रौतहट, कास्की र बाग्लुङका ३४/३४ जना, सप्तरी र कपिलवस्तुका ३३/३३ जना, सिन्धुलीका ३० जना, कैलालीका २५ जना, दाङका २४ जना, झापा र बर्दियाका २२/२२ र लमजुङ र पाल्पाका १९र१९ जना, धनुषा र नवलपरासीका १८/१८ जना, सर्लाही र नवलपुरका १७/१७ जना, पर्सा र सिराहाका १५/१५ जना, बारा, गोरखा र तनहुँका १३/१३ जना, सिन्धुपाल्चोकका ११ जना र धादिङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, गुल्मी र सल्यानका ९/९ जना, रामेछापका ८ जना, दोलखाका ६ जना, महोत्तरी, दैलेख र अछामका ५/५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४/४ जना, खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३/३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २/२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मात्र १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । हाल देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार २०९ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

१५ संक्रमितको मृत्यु

यसैगरी गत २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौँका मात्र ६ जना रहेका छन् ।

काठमाडौँका ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

दाङका ७१ वर्षीया महिला, मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाका ५० वर्षीया महिला, रौतहटका ७२ वर्षीया महिला, ललितपुरका ४६, चितवनका ६१, रुपन्देहीका ५५, नवलपरासीका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । यो कुल संक्रमितको ०.६१ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
Share: