
पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरको देवचुली–११ का ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।
ती महिलाको चितवन मेडिकल कलेज चितवनमा सोमबार दिउँसो २ः३० बजे मृत्यु भएको हो ।
यसअघि आजै नवलपुरका एक सहित गण्डकी प्रदेशमा २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
