गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार कास्कीका एक पुरुष र स्याङजाकी एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै क्रममा मृत्यु भएको हो । ती पुरुषमा १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ ५ की ७० वर्षीया संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ ।

कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको शुक्रबार विहान ०८ः३५ बजे मृत्यु भएको हो ।

यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २२ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: