कोरोनाः नेपालमा १४७७ जनामा संक्रमण, २७९८ संक्रमणमुक्त, ६ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १४ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६५ जना महिला र ९१२ जना पुरुष गरी १४७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

२४ घण्टामा सबै भन्दा धेरै काठमाडौँ जिल्लाका ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३३ जना, रुपन्देहीमा ९१ जना, दाङमा ६४ जना, नुवाकोटमा ४४ जना, भक्तपुरमा ४२ जना, कास्कीमा ३९ जना, चितवनमा ३६ जना, कैलालीमा ३३ जना, मोरङमा ३१ जना, बाँकेमा २८ जना, सुनसरीमा २६ जना, झापा, गुल्मी र पाल्पामा २२/२२ जना, कपिलवस्तुमा १७ जना, नवलपरासीमा १६ जना, सोलुखुम्बुमा १३ जना र प्युठानमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

धादिङमा ९ जना, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८/८ जना, तेह्रथुममा ७ जना, धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जना, इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५/५ जना, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४/४ जना, बारा, रसुवा, स्याङ्जा र अछाममा ३/३ जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २/२ जना, उदयपुर, ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७९८ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यो कुल संक्रमितको ८२.७ प्रतिशत हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४७६ परिक्षण भएको छ भने हालसम्म १६ लाख ९ हजार ७९ परिक्षण भएको छ ।

हाल देशभर ३५ हजार १२५ सक्रिय संक्रमित रहेका छन् । हाल १ हजार २१ जना क्वारेन्टीनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: