गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र नवलपुरका एक/एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

कास्कीको पोखरा महानरपालिका वडा नं. १४ की ४८ वर्षीया महिलालको कोरोना संक्रमणबाट बुधबार दिउँसो १२ः२० बजे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा मंसिर १३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नं. १४ का ७८ वर्षीय पुरुषको मंगलबार राति ११ः१५ बजे मध्यविन्दु अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । ती पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: