
पोखरा । शनिबार कास्कीका ५९ सहित गण्डकी प्रदेशमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ९ वटा जिल्लाका ११९ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ५९ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका मात्रै ५५ जना छन् भने माछापुच्छ्रे गाउँपालिकाका ३ जना र मादी गाउँपालिकाका १ जना छन् ।
यस्तै, लमजुङका २१ जना र बाग्लुङका १८ जना, गोरखाका ७ जना, तनहुँका ६ जना, म्याग्दीका ३ जना र मुस्ताङ र पर्वतका २/२ जना तथा स्याङ्जाका १ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५९८ पुगेको छ ।
यस्तै गत २४ घण्टामा पोखरामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।
हालसम्म प्रदेशमा ७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै १ जना संक्रमणमुक्त भएका छन् ।
अहिले प्रदेशमा ५ हजार १४० सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ४७३ परिक्षण भएको र हालसम्म १ लाख ११ हजार ६३ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
