
पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराका ३४ वर्षीय संक्रमित पुरुषको सोमबार दिउँसो ४ बजे मृत्यु भएको हो ।
ती पुरुषमा मंसिर ११ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १७२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
