पोखरामा थप ३ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । कास्कीको पोखरामा थप ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत २ जना र फिस्टेल हस्पिटलमा उपचाररत १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नं. १४ का ७४ वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार बिहान ७ः२५ बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिरको १७ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै गण्डकी मेडिकल कलेजमै उपचाररत पोखरा महानगरपालिका वडा नं. १५ का ६७ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मंसिर २१ गते कोरोना पुष्टि भइ उक्त अस्पतालमा उपचाररत ती पुरुषको बुधबार बिहान ४ः२० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नं. १६ का ५९ वर्षीय संक्रमित पुरुषको फिस्टेल हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको छ । ती पुरुषमा मंसिर १७ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै आज हालसम्म पोखरामा मात्रै ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यसअघि आजै मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखराका एक संक्रमित पुरुषको मृत्यु पुष्टि भएको थियो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: