नेपालमा थप ९३६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या साढे २ लाख नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ पुरुष र ३५१ जना महिला गरी ९३६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १९९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । यो कुल संक्रमितको ९५.३ प्रतिशत हो ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको छ । गत २४ घण्टामा मात्रै १४ जना संक्रमितको मृत्यु भएको हो ।

हाल देशभर ९ हजार ८८१ सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा रहनेको संख्या ४५७ रहेको छ ।

गत २४ घण्टामा देशभरको प्रयोगशालामा ७११७ परिक्षण भएको र हालसम्म १८ लाख ४३ हजार ५८१ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: