
पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुईजनाको मृत्यु भएको छ ।
पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत थप दुई संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १ का ७६ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुका १०ः२० बजे फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषमा मंसिर २५ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, पोखरा महानगरपालिका वडा नं. १२ का ८४ वर्षीय पुरुषको पनि फिस्टेल अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको छ । ती पुरुषमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
