विश्वभर ९ करोड ५४ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ५४ लाख ६५ हजार ८७२ पुगेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ३२ हजार २३५ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप ९ हजार १५१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख ३९ हजार ८३ पुगेको हो ।

अहिलेसम्म विश्वमा ६ करोड ८१ लाख ५५ हजार ४७९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ लाख ८५ हजार ३१६ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५२ लाख ७१ हजार ३१० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १३ हजार २२२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४४ लाख ८२ हजार ५० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४४ लाख २८ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७ हजार २०२ पुगेको छ ।

हाल अमेरिकामा ९६ लाख ४६ हजार ४९७ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ७३३ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: