आइतबार पोखराका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ४२ संक्रमणमुक्त

Share:

पोखरा । आइतबार पोखराका २३ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ८ जना, म्याग्दीका ३ जना र पर्वतका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४२ वर्षीय पुरुष तथा ४६ वर्षीया महिला, वडा नं.२ की १९ वर्षीया महिला, वडा नं.४ का ४६ वर्षीय पुरुष, वडा नं.५ का ३७ र ४५ वर्षीय पुरुष तथा १३ वर्षीया बालिका, वडा नं.७ की ३१ वर्षीया महिला, वडा नं.८ का २८, ३३ र ६१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.९ का ४५ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं. ११ का ३२ वर्षीय पुरुष, वडा नं.१२ की ६४ वर्षीया महिला, वडा नं.१४ का ५५ र ७३ वर्षीया महिला, वडा नं.१५ की ८६ वर्षीया महिला, वडा नं.१७ का ५६ वर्षीय पुरुष, वडा नं.१८ का ३५ वर्षीय पुरुष, वडा नं.२९ की ७३ वर्षीया महिला, वडा नं.३२ का ६७ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ का ५६ र २४ वर्षीया महिला, वडा नं.२ का २७ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.३ का ३५ वर्षीय पुरुष, वडा नं.४ का १९ वर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नं.७ का २३ र ४१ वर्षीया महिला, म्याग्दी बेनी वडा नं.२ की ४२ वर्षीया महिला, वडा नं.८ का ३८ वर्षीय पुरुष, रघुगंगा वडा नं.२ का ८६ वर्षीय पुरुष, पर्वत पैंयु वडा नं.२ का ७६ वर्षीय पुरुष, बिहादी वडा नं.४ का ६४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३७४ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ४२ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ७१३ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ रहेको छ।

हाल प्रदेशभर ५५८ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा १०५ परिक्षण भएको छ भने हालसम्म गण्डकीमा १ लाख २५ हजार ७८७ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: