
पोखरा । आइतबार कास्कीका ८ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका २० जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ८ जना रहेका छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
त्यस्तै, लमजुङका ५ जना, तनहुँका ३ जना तथा म्याग्दी र गोरखाका २,२ जनामा पनि कोरोना संक्रमण भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ३६ वर्षीय पुरुष, वडा नं.७ का ५८ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.१० का २२ वर्षीय पुरुष, वडा नं.१२ का ५० वर्षीय पुरुष, वडा नं.१५ का ५१ वर्षीय पुरुष, वडा नं.१७ की २४ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका वडा नं. १ का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
लमजुङ राइनास वडा नं.९ का २८ वर्षीय पुरुष, बेशिसहर वडा नं.८ का ५८ र ४१ वर्षीया महिला, वडा नं.९ का ६२ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, तनहुँ शुक्लागण्डकी वडा नं.३ की ४३ वर्षीया महिला, वडा नं.४ की ६१ वर्षीया महिला, वडा नं.९ का ६६ वर्षीय पुरुष, म्याग्दी मंगला वडा नं.२ की ५८ वर्षीया महिला, वडा नं.५ का ५१ वर्षीय पुरुष एवं गोरखा आरुघाट वडा नं.१ का २७ वर्षीय पुरुष, पालुङटार वडा नं.१ का १८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६७१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार १२३ पुगेको छ ।
हाल प्रदेशभर ३४५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३१९ जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १४० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २७ हजार ९१५ नमुना परिक्षण भएको छ ।




