कास्कीका २३ सहित गण्डकीमा बुधबार थप ३६ जनामा कोरोना पुष्टि, १५ संक्रमणमुक्त

Share:

पोखरा । कास्कीका २३ सहित गण्डकी प्रदेशमा आज बुधबार थप ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना छन् । तीमध्ये रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक,एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका १२ जना र पर्वतका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का ३३ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, वडा नं.५ का २८ वर्षीय पुरुष,वडा नं.६ का २७ वर्षीय पुरुष, वडा नं.८ का २८, ३०, ४६ र ६२ वर्षीय पुरुष, वडा नं.९ का ४९ र ६२ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला, वडा नं.१३ की ३० वर्षीया महिला, वडा नं.१५ का ४६ वर्षीय पुरुष, वडा नं.२५ का ४०–४० वर्षीया महिला, वडा नं.२६ का ३९ र ४२ वर्षीय पुरुष, वडा नं.२७ का ४९ वर्षीय पुरुष, वडा नं.३० का ३७ र ४६ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, रुपा गाउँपालिका वडा नं. ५ की २५ वर्षीया महिला, र माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की ५३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं.४ का ३१, ४४, ५६, २३, २१, ३३, ३७, २८, २७, ५४ र ३७ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला एवं पर्वतको मोदी गाउँपालिका वडा नं.७ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ५९७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १५ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार ५७ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ३३५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३१३ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २८६ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३५ हजार ९०७ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: