गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोरखाको भिमसेनथापा गाउँपालिका–१ का ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

गत चैत्र २८ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको बैशाख ४ गते होम आइसोलेसनमै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: