‘प्रचण्ड’ ले पाए तेस्रो पटक विश्वासको मत

223
0
Share:

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन् ।

बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी  २६८ सांसदमध्ये १५७  मत पक्षमा र  ११०  मत विक्षमा खसेको थियो । १ सांसद तटस्थ रहे  । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेका थिए ।

त्यसपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो ।

यसअघि गत वर्ष १० पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए । त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए ।

त्यसपछि पछि फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन ब्यूँतिएपछि एमालेले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ६ चैतमा विश्वासको मत लिएका थिए। त्यसबेला १७२ पक्षमा र विपक्षमा ८९ मत खसेको  थियो।

 

कमेन्ट गर्नुहोस्
Share: