
पोखरा । ‘ठगी’को समाचार लेखेकै कारण पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ। सोमबार नेपाल पत्रकार महासंघको रोहवरमा निगरानी मुक्त गरेका उनलाई मंगलबार १० बजे उपस्थित हुन भनिएको थियो ।
मंगलबार जिल्ला अदालत काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी तीन दिन म्याद थप गरेको हो । साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। पोखराका विपेन्द्रराज बतासले ठगी गरेका भन्ने समाचारमा आपत्ति जनाउँदै पत्रकार गिरीलाई साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए । प्रेस काउन्सिलको लापरवाहीका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो। तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ । प्रेस काउन्सिलका अनुगमन अधिकृत भनिएका सुरेन्द्र मल्लको गैरजिम्मेवारीपनले पत्रकारको हातमा हत्कडी लागेको छ ।
पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित
समाचार लेखेकै कारण साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघको निर्देशनमा जिल्ला शाखाहरुले विरोध कार्यक्रम आयोजना गरेका छन् ।

तनहुँमा धर्ना
केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा सहभािग पत्रकारहरुले पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गरे । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत डेढ दर्जन पत्रकार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर खबरदारी गरेका थिए ।
एसपी ओम रानाले आफू केही भन्न नमिल्ने बताए । तपाईंहरु बोलिरहनुस्, म सुनिरहन्छु भन्दै उनले आफूले सिआईबीकै निर्देशन बमोजिम पठाइदिएको बताए । डिएसपी रविन्द्रमान गुरुङसँग पत्रकारले धेरै नै गुनासो गरे । उनले प्राविधिक कारण देखाउँदै अब पत्रकारलाई सूचना दिन कञ्जुस्याईं नगर्ने बताए ।

कास्कीमा पत्रिकाको सम्पादकीयमा कालो पोत्ने, अनलाइनमा होम पेज कालो, रेडियोले ९० सेकेण्ड प्रसारण रोक्ने
महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
फलोअपः प्रेस काउन्सिलको त्रुटीले वेबसाइट दर्ता नभएको भन्दै उजुरी, गिरी पक्राउ पर्ने थिएनन्
ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ
