स्याङजा जीप दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुख व्यक्त

Share:

पोखरा । स्याङजामा बुधबार भएको जीप दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुख व्यक्त गरेका छन् ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री गुरुङले घटनाले आफूलाई दुखी तुल्याएको भन्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

‘यस दुःखद घडीमा शोकाकुल परिवारजन तथा आफन्तजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दछु,’ मुख्यमन्त्रीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बुधबार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ नगरपालिका-३ मा रहेको बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो ।

सम्बन्धित सामाग्री::

स्याङ्जामा जीप दुर्घटना : बालकसहित तीनको मृत्यु, २३ घाइते

स्याङ्जामा जीप दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते

कमेन्ट गर्नुहोस्
Share: