जनविश्वास माथि कुठाराघात गर्दिन : रजनी केसी

Share:

पोखरा । साझा पार्टीले पोखरा–१५ मा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ । कास्की निर्वाचन क्षेत्र नं–२ मा हुने उपनिर्वाचनका लागि मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली बुधबार सो वडामा पुगेको हो ।

मतदाता भेटघाट पछि पार्टीले बुधबार साँझ वडा नम्बर १५ को ट्याक्सी चोक र शिव मन्दिर चोकमा साझा चुनावी कोणसभा आयोजना गरेको थियो । ट्याक्सी चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वास माथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता जनाइन् ।

उनले जनता साझा पार्टीप्रति सकरात्मक रहेको अनुभव सुनाइन् । ‘घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थप्नुभएको छ, अब साझा पार्टी नै कम्युनिष्ट र कांग्रेसको विकल्प बनेर आयो भन्दा खुसी लाग्छ,’ उनले भनिन् ।

उनले साझा पार्टी भ्रष्टाचार विरुद्ध बोल्दै देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको स्पष्ट पारिन् । हरेक क्षेत्रमा भ्रष्टाचारले जडो गाडेको बताउँदै उनले थपिन्, ‘योग्यता र क्षमता भएकले भन्दा पार्टीका कार्यकताले प्रथामिकता पाउन थाले, योग्यता भएकाहरु देशमा बस्न सक्ने अवस्था भएन ।’

चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनले आग्रह गरिन् । यस्तै सभालाई सम्बोधन गर्दै केन्द्रिय संयोजक रवीन्द्र मिश्रले पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान भन्ने विश्वास ध्वस्त भएको आरोप लगाए ।

‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरुले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यही छाडे,’ उनले भने, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान भन्ने जनतामा विश्वास छैन् ।’

कस्केलीलाई जनता नेतृत्वप्रति असन्तुष्ट छन् भन्ने सन्देश दिने अवसर आएकाले सदु¥योग गर्न उनले आग्रह गरे । बिहिबार पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए ।

सम्बन्धित समाचार::

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: