सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव : उम्मेदवार केसी

Share:

पोखरा । कास्की क्षेत्र नम्बर-२ मा हुन लागेको उपनिर्वाचनमा साझ पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले जनताले मत बदले देश बदल्न कुनै समस्या नरहेको बताएकी छन् ।

बिहीबार पोखरा-१७ बिरौटामा आयोजना गरिएको चुनाव लक्षित कोणसभालाई सम्बोधन गर्दै उनले सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव रहेको बताइन् ।

‘सधैं दुई फरक पार्टीलाई मत दियौं, जिताएर पठायौं,’ उनले भनिन्,’जितेर गएकाहरुको जीवन लोभलाग्दो बनिसक्यो, हामी जनता जहाँको त्यहीँ छौं ।’

छिमेकीले देशको भूमि अतिक्रमण गर्दा पनि कुनै पहल नगर्नाले सरकारको कार्य क्षमता माथी नै प्रश्न उठाएको उनले बताइन् ।

पोखरा -१७ पावरहाउसका ७५ वर्षीया गिताराम अधिकारीसंग आशिर्वाद लिँँदै उम्मेदवार रजनी केसी 

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले नेपाली राजनीति परिवर्तन गर्न पुराना दल बाधक बनेको बताएका छन् । बिहिबार साँझा पोखरा-१७ छोरेपाटनमा आयोजित चुनाव लक्षित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सबैलाई डर र त्रासमा राखेर गरिएको राजनीतिले गर्दा देश पछाडि परेको उनको भनाइ थियो । ‘शिक्षा क्षेत्रमा भातृ संगठन, स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै, ‘उनले भने, ‘शिक्षक स्वतन्त्र छैनन्, स्वास्थ्यकर्मी स्वतन्त्र छैनन्, यसरी नै चलिरहे देश अगाडि बढ्न सक्दैन ।’

कस्केलीलाई दुई फरक पार्टीलाई पालैपालो मत दिएर गरिएको गल्ती सुधार गर्ने अवसर उपनिर्वाचनले दिएको बताए । सकारात्मक सोच भए देश बदल्न कठिन नभएको उनको जिकिर छ । उनले जनताले जिताएर पठाएका नेताहरु काण्डैकाण्डमा मुछिएर देश नै खोक्रो बनाइसकेको बताए ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले राजनीतिज्ञहरु चुनाव केन्द्रित मात्र नभइ जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । इमानको राजनीति गरेर साझा पार्टीले छोटो समयमा सकारात्मक छाप छोड्न सफल भएको बताउँदै उनले कम्युनिष्ट र काङ्ग्रेसको सहि विकल्प साझा पार्टी भएको दाबी गरे ।

उम्मेदवार केसीसहितको टोली बिहिबार पोखरा-१७ को बिरौटा, छोरेपाटन, महतगाैँडालगायतका स्थानमा पुगेको थियो ।

सम्बन्धित समाचार::

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: