भ्रष्टाचार र विश्वासघात गर्दिन : उम्मेदवार रजनी केसी

Share:

पोखरा । साझा पार्टीका तर्फबाट कास्की-२ को उपनिर्वाचनमा उम्मेदवार बनेकी रजनी केसीले भ्रष्टाचार र जनविश्वास माथि कुठाराघात नगर्ने प्रतिबद्धता जनाएकी छन् ।

शुक्रबार पोखरा-९ बसपार्कमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले जनताको विश्वास माथि वर्षौंदेखि घात हुँदै आएको र अब त्यसको अन्त्य हुनुपर्ने बताइन् ।

उनले चुनावताका गरिने प्रतिबद्धता नेताले बिर्सिने परिपाटी रहेको भन्दै आफूले त्यसलाई चिरेर नयाँ सन्देश प्रवाह गर्ने स्पष्ट पारिन् । उनले शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा रहेको राजनीतिक भागबण्डाले देश विकास प्रभावित भएको जिकिर गरिन् ।

‘चुनावमा भोट माग्दा यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्ने परिपाटी नेपाली राजनीतिमा छ,’ उनले भनिन्, ‘अब त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ, म त्यही परिपाटीलाई चिरेर नयाँ सन्देश प्रवाह गर्न चाहान्छु।’

देशमा भ्रष्टाचार व्याप्त रहेको र त्यसले गर्दा नै देशको विकास क्रम सुस्त भएको उनले बताइन् । ‘उत्कृष्ट र क्षमतावानको कदर हुँदैन, जसको राजनीतिक पहुँच छ उसले जसरी पनि पाउनुपर्छ भन्ने भएरै देश डुब्यो,’ उनले भनिन्, ‘विकास र समृद्धि हाम्रै पालामा सम्भव छ, सजग हुनुपर्ने बेला आयो ।’

साझ पार्टीले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएको बताउँदै कम्युनिष्ट र काङ्ग्रेसलाई सबक सिकाउने राम्रो अवसर उपनिर्वाचनले दिएको उनले बताइन् ।

पालैपालो देश चलाएका राजनीतिक दलसँग जनता रुष्ट रहेको र त्यसको विकल्प साझा पार्टी नै भएको उनको दाबी थियो । उम्मेदवार केसीले घरदैलोमा पुग्दा मतदाताले आफूलाई उत्साह थपिदिएको बताइन् ।

दुई तिहाइ हुँदा पनि विकासको लक्षण देखिएन

सभालाई सम्बोधन गर्दै साझा पार्टीका केन्द्रिय सदस्य सुशीला केसी अधिकारीले देशको संविधान विश्वकै उत्कृष्ट भनिए पनि जनताको जीवनमा खासै प्रभाव नपरेको बताइन् । उनले भनिन्, ‘नेपालको संविधानलाई विश्वकै उत्कृष्ट भनिन्छ तर, जनताको जीवनस्तर अझै उकासिन सकेको छैन् ।’

राजतन्त्र र गणतन्त्रको फरक जनताले अनुभव गर्न नपाएको उनको भनाइ छ । ‘राजतन्त्र फाल्यौं, गणतन्त्र आयो र अहिले दुई तिहाइको सरकार छ,’ उनले भनिन्, ‘दुई तिहाइ हुँदा पनि विकासको लक्षण देखिएको छैन, हामी कहिलेसम्म बन्दी बनेर बस्ने ?, सोच्नै पर्ने बेला आइसकेको छ ।’

पार्टीले चुनावको मिति नजिकिएसँगै घरदैलो कार्यक्रम र कोणसभा कार्यक्रमलाई तीव्र बनाएको छ । उम्मेदवार केसीसहितको टोली शुक्रबार पोखरा-७ एयरपोर्ट, पोखरा-९ नयाँबजार, पोखरा-८ शिवालय चोकलगायतका क्षेत्रमा घरदैलो र कोणसभामा सक्रिय बनेको थियो ।

सम्बन्धित समाचार::

सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव : उम्मेदवार केसी

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: