जनता झुक्याउनेलाई मत मार्फत पाठ सिकाउने समय आयो : रजनी केसी

Share:

पोखरा । कास्की-२ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीले जनमतको कदर र जनताको विश्वासप्रति सधैं सचेत रहने प्रतिबद्धता जाहेर गरेकी छन् ।

सोमबार पोखरा-७ शान्तिनगर चोकमा आयोजित कोणसभामा उनले भनिन्, ‘विश्वासको राजनीति गर्न देशप्रेमी युवा संगठित भएका हौं, हाम्रो स्वार्थ भनेको देश बनाउने मात्र हो, त्यसबाहेक कुनै स्वार्थ छैन् ।’

पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकोले अब देशले विकल्प खोजेको उनले बताइन् । कास्की २ को उपनिर्वाचन सत्तारुढ र प्रतिपक्षी दल दुवैलाई सबक सिकाउने माध्यम हुने भएकाले यसलाई साझा पार्टीले मिनि जनमत संग्रहको रुपमाले उनको भनाइ छ ।

‘सत्ता र प्रतिपक्षमा भएका दलले गरेका कुकर्मको फल दिने उचित समय कस्केली जनता सामु आएको छ,’ उनले भनिन्,’जनता झुक्याउनेलाई मत मार्फत पाठ सिकाउने समय आयो।’

सभालाई सम्बोधन गर्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले नेपाली जनताले देशको मुहार फेर्न आन्दोलन र प्राण त्याग गरे पनि त्यसको नातिजा भ्रष्टाचार र कुशासन मात्र आएको बताए ।

साझा पार्टीले चुनावको मिति नजिकिँदै गर्दा मतदाता भेटघाटलाई तीव्र बनाएको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी जनमत आफ्नो पक्षमा पार्न कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ११ वटै वडाका स्थानीयसँग भेटघाटमा व्यस्त छिन् ।

पार्टीले सोमबार रत्न चोक, राष्ट्रबैंक चोक, सिर्जना चोकलगायतका ठाउँमा कोणसभा आयोजना गरेको थियो ।

सम्बन्धित समाचार::

पूरानाे तस्बिर भाइरल बनाएर मेरै प्रचार गरिदिनुभएकाेमा धन्यवाद: रजनी केसी, साझा पार्टी (भिडियाेसहित)

भ्रष्टाचार र विश्वासघात गर्दिन : उम्मेदवार रजनी केसी

सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव : उम्मेदवार केसी

आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

पहिले स्वतन्त्र हुनुस्, अनि मत खसाल्नुस : संयोजक मिश्र

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

उम्मेदवार रजनी भन्छिन् : ‘शासक होइन, सेवक बन्छु’

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: