पहिले स्वतन्त्र हुनुस्, अनि मत खसाल्नुस : संयोजक मिश्र

Share:

पोखरा । साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताएका छन् ।

सोमबार पोखरा-७ शान्तिनगर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा शक्तिशाली हुने भएकाले देशको मुहार बदल्न जनता जिम्मेवार हुने बताएका हुन्।

‘देश रुपान्तरण गर्ने हो भने जनता स्वयं परिवर्तन हुनुपर्छ, अधिनायकवादी भएको ठाउँमा अधिनायक सर्व शक्तिमान हुन्छन्,’ उनले भने,’नेपालमा लोकतन्त्र आएको वर्षौं भयो, लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ।’

पार्टीगत भावनाबाट मुक्त भएर स्वतन्त्र रुपमा आफ्नो मत खसाल्न आग्रह गरे । ‘अब कार्यकर्ता बनेर होइन, असल अभिभावक बनेर मतदान गर्नुपर्छ, आफ्नो सन्तान र भावी पुस्ताको बारेमा सोच्नुपर्ने बेला आयो,’ उनले भने ।

नागरिकले स्वतन्त्र भएर मतदान गरे लोकतन्त्र परिस्कृत हुने बताउँदै संयोजक मिश्रले भने, ‘पहिले स्वतन्त्र हुनुस्, अनि मत खसाल्नुस, त्यसपछि मात्र देश विकास हुन्छ ।’

भावी पुस्ताको भविष्य सुधार गर्न साझा पार्टीबाहेक अरु कुनै पार्टी देशमा विकल्प बन्न नसक्ने उनले दाबी गरे । साझा पार्टीले चुनावको मिति नजिकिँदै गर्दा मतदाता भेटघाटलाई तीव्र बनाएको छ ।

पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी जनमत आफ्नो पक्षमा पार्न कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ११ वटै वडाका स्थानीयसँग भेटघाटमा व्यस्त छिन् ।

सम्बन्धित समाचार::

पूरानाे तस्बिर भाइरल बनाएर मेरै प्रचार गरिदिनुभएकाेमा धन्यवाद: रजनी केसी, साझा पार्टी (भिडियाेसहित)

भ्रष्टाचार र विश्वासघात गर्दिन : उम्मेदवार रजनी केसी

सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव : उम्मेदवार केसी

आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

उम्मेदवार रजनी भन्छिन् : ‘शासक होइन, सेवक बन्छु’

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: