उम्मेदवार रजनी भन्छिन् : ‘शासक होइन, सेवक बन्छु’

Share:

पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफू शासक नभइ सेवक बन्ने बताएकी छन् । आइतबार चुनावी घरदैलोको क्रममा पोखरा-१६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘म जनताका समस्या समाधान गर्न जनतासँगै हातेमालो गरेर सेवक बन्न चाहान्छु, शासक बन्न राजनीति गरेकी होइन ।’ चुनावमा आश्वासन बाँडेर नभइ अवसर पाए काम गरेर देखाउने उनले बताइन् । ‘हामी आश्वासनको राजनीति गर्दैनौं, अवसर पायौं भने काम गरेर देखाउछौं,’ उनले भनिन् ।

युवाहरू विदेश जान बाध्य रहेको भन्दै उनले अब देशमा नै श्रम खर्चनुपर्ने समय आएको बताइन् । देशमा इमान्दार नेताको आवश्यकता रहेकोमा जोड दिँदै उनले नेता इमान्दार भए देशले फड्को मार्ने स्पष्ट पारिन् । साझा पार्टी विध्वंसको राजनीतिबाट टाढा रहेको भन्दै एकपटक मत र मन परिवर्तन गरेर काम गर्ने अवसर प्रदान गर्न उनले आग्रह गरिन् ।

यस्तै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले साझा पार्टी कम्युनिष्ट र काङ्ग्रेसको सहि विकल्प भएको बताए । ‘३० वर्षदेखि पालैपालो देशको नेतृत्व गरेका पार्टीले हामीलाई केही दिन सकेनन्, अब हामीले देश र हाम्रा सन्तानका बारेमा सोच्नुपर्ने बेला आयो ।’

सभालाई सम्बोधन गर्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले देशमा योग्य मानिसको कदर हुन नसकेको भन्दै दु:ख व्यक्त गरे । उनले राजनीति र राजनीतिज्ञको परिभाषा बदल्न साझा पार्टी विकल्पको रुपमा आएको बताए ।

‘झुटा वाचा र आश्वासन बाँडेका कारण नेता भन्ने बित्तिकै जनताले नकारात्मक रुपमा लिन थाले,’ उनले भने, ‘हामी यो अवस्था सुधार गर्न चाहान्छौं ।’ निर्वाचन आयोगले तोकेको भन्दा पनि कम खर्चमा चुनाव सक्ने बताउँदै उनले भने, ‘थोरै भन्दा पनि थोरै खर्चमा हामीले चुनावको प्रचारप्रसार कार्यक्रम सक्छौं, कमिलाको ताँती जस्तो कार्यकर्ता लिएर हिंड्दैनौं।’

पार्टीले पोखरा-१६ इन्जिनियरिङ क्याम्पस गेटसँगै जोगी मणि चोक र दीपमा चुनावी कोणसभा आयोजना गरेको थियो । कोणसभामा पार्टीका कास्की जिल्ला सदस्य चन्द्र ज्योति ढुङ्गानाले भ्रष्टाचार र भारतले मिचेको सीमाको सेरोफेरोमा रहेर सांगीतिक प्रस्तुती राखेका थिए ।

सम्बन्धित समाचार::

पूरानाे तस्बिर भाइरल बनाएर मेरै प्रचार गरिदिनुभएकाेमा धन्यवाद: रजनी केसी, साझा पार्टी (भिडियाेसहित)

भ्रष्टाचार र विश्वासघात गर्दिन : उम्मेदवार रजनी केसी

सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश विकास असम्भव : उम्मेदवार केसी

आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनायो : उम्मेदवार केसी

उपनिर्वाचन कस्केलीका लागि गल्ती सुधार्ने अवसर : संयोजक मिश्र

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

पोखरा–२१ मा साझा पार्टीको घरदैलो

मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

फाटेको कमिज र टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं : संयोजक मिश्र

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कमेन्ट गर्नुहोस्
Share: