
पोखरा। नेपाली कांग्रेस कास्कीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले आइतबार बिहान पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्ने भएको हो । कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो ।
कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । बिहीबार उम्मेदवारी मनोनयसंगै कांग्रेसले चुनावी अभियान शुरु गरिसकेको छ । शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकमा क्षेत्रीय सभापति माधव बाँस्तोला ‘मधु’ र नगर सभापति बजीरमान श्रेष्ठ छन् । आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा–४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा शुक्रराज शर्मा संयोजक रहेका छन् ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की-२ मा उपनिर्वाचन हुँदैछ ।
७१ हजार मतदाता
उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बिगखबरलाई जानकारी दिए ।
गएको निर्वाचनको मत
२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । उम्मेदवारी दर्ता गराएकाहरुले २५ गते निर्वाचनका लागि चिन्ह पाउने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित समाचार::
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
