
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराई (अधिकारी) ले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणगरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी छन् ।
स्वर्गिय रबिन्द्र अधिकारीको उत्तराधिकारी बनेर चुनावमा होमिएकी रबिन्द्र पत्नी विद्याले २०४६ सालको जनआन्दोलनका सबोच्च कमाण्डरको शालिक रहेको गणेशटोलमा पुगेर शालिकमा माल्यार्पण गरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी हुन् ।
समाजवादसम्म पुग्ने गणेशमानको सपना अब कम्युनिष्ट सरकारले पूरा गर्न लागेकाले उनको शालिकमा माल्यार्पण गरेर चुनावी घरदैलो शुरु गरेको नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले बताएकी छन् ।
सदाझैं घरदैलो गरिरहेकी विद्याले सोमबार विहान रामकृष्णटोल, गणेशटोल, २६ कुरियालगायतका क्षेत्रमा घरदैलो गरिसकेकी छन् । घरदैलोका क्रममा विद्याले ९५ वर्षिया मनकर्मी च्वाईं र ८६ वर्षिय केदार बजिमयको आशिर्वाद लिइन् ।
आशिर्वाद लिने क्रममा ९५ वर्षिया च्वाईंले बृद्धबृद्धालाई सहज रुपमा बाँच्न सक्ने वातावरण बनाउने र भत्ता दिने नेकपा भएको भन्दै नेकपाकी उम्मेद्वार विद्यालाई भोट दिने बाचा गरे ।
उनीहरुले अरुले भोट हाल्दा दायाँबायाँ गर्न सक्ने भएकाले बृद्धबृद्धालाई भत्ता दिने पार्टी नेकपालाई आफै गएर भोट दिने र अरुलाई नेकपाको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने बताएका थिए ।
चुनावी घरदैलोका क्रममा विद्याले रबिन्द्रको झल्को दिनेगरी रबिन्द्रकै शैलीमा हात उठाएर अभिवादन गर्ने गरेकी छन् भने उनले जनताको आकांक्षा र रबिन्द्रको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएकी छन् ।
सम्बन्धित समाचार::
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि
कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना
कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए
