
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चनावी प्रचार अभियानलाई तीव्र पारेको छ ।
नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।
पोखरा महानगरका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचार प्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोल÷टोलमा पुग्ने नेकपाले बताएको छ ।
नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नम्बर १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ ।
वडा नम्बर २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइन्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।
वडा नम्बर २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसको दुबै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो ।
भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्व अध्यग्क्ष चित्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिए ।
रवीन्द्र अधिकारीले तीन पटक चुनाव जितेर ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको छ । गत २०७४ को प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए ।
गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ ।
उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीको रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको छ ।
सम्बन्धित समाचार::
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि
