खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’

Share:

पोखरा। कास्कीमा अहिले चुनावी माहोल छ । मंगलबार पोखरा–१७ मा कास्की कांग्रेसको घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी भए । हातमा रुद्राक्षको माला लिएका उनले आफू आजीवन कांग्रेसको पक्षमा उभिएको बताए । मुलुकमा कांग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताए ।

संविधान कांग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि कांग्रेसकै अगुवाईमा भएको बताए । आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उनले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको बताए ।

‘पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ’, उनले भने । त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उनले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही नहुने बताए ।

कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लग्यो

नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।

चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे । नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे ।

उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्ने बताए । त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरेका छन्।

सम्बन्धित समाचार::

कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

कमेन्ट गर्नुहोस्
Share: