भोट माग्न खेतमा पुगेका खेमराजलाई कृषकले भने – ‘बाँदरको समस्या समाधान गर्नेलाई भोट दिन्छौं’

Share:

पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल बिहीबार दिनभर भलाम क्षेत्रमा घरदैलोमा सक्रिय भए । उनले बिहीबार भलाम र डाँडा खोरका करिब तीन सय घरमा पुगेर मत मागे । साथै उनी धान काट्दै गरेका कृषकसंग पनि भेट गरेर भलाकुसारी गर्दै मत मागे ।

भलाम खोर, शेराखेतका कृषकले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवारसंग उनीहरुले यस्तो बताएका हुन् ।

‘हामीलाई बाँदरले सार्है दुःख दिएको छ, धेरै ठाउँमा समस्या सुनायौं तर समाधान गर्न कसैले ध्यान दिएनन् । जसले हाम्रो समस्या समाधान गिरिदन्छ उसैलाई हाम्रो भोट’, शेराखेतमा धान काटिरहेकी ६४ वर्षीया पुतलीमायाले भनिन् ।

उम्मेदवार खेमराज मत माग्न खेतसम्म पुगे । पुराना नेता खेमराजलाई खेतमै देखेपछि कृषक मख्ख परे । कतिपयले ‘खेमराज गुरु’ तपाईं नै होईन ? भन्दै अश्चर्य प्रकट गरेका थिए ।

डाँडाखोरका स्थानीयले लामो समयपछि पूराना नेतालाई घर गाउँमा देख्दा निकै खुशी भए । घरदैलोका क्रममा उम्मेदवार पौडेलसहित कास्की कांग्रेसका नेताहरु बिहीबार डाडाखोर पुगेका थिए । त्यस अवसरमा पौडेलका सहपाठीहरू निकै खुशी देखिन्थे ।

मतदाता भेटघाटका क्रममा केही संचारकर्मीसंग कुरा गर्दै उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारले राज्यका सबै संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । उनले लोकतान्त्रिक संविधानलाई च्यालेन्ज दिंदै वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए ।

सरकारको यस्ता रवैया र हावादारी गफले जनता निकै निराश भएको आफूले घरदैलो अभियानका क्रममा पाएको उनले बताए ।

उनले भने, ‘सरकारको यो रवैयालाई ठीक ठाउँमा ल्याउन र मुलुकमा कम्युनिष्ट शासनबाट जनता आजित भएका छन् भन्ने सन्देश दिन पनि यो चुनावमा कांग्रेसले जसरी पनि जित्नुपर्छ ।’ आफू उमेरले पाको भए पनि विचार र आफूले बोकेका सिद्धान्त नयाँ र प्रजातान्त्रिक भएको उनले स्पष्ट पारेका छन ।

दोस्रो चरणको कार्यक्रम शुरु

कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम गरिएको थियो ।

पोखरा–२० भलाममा बिहीबार उम्मेदवारसहितको घरदैलो अभियान भएको कास्की कांग्रेसले जनाएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

सम्बन्धित समाचार::

खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’

कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

खेमराजलाई मतदाताको आशिर्वाद : ‘चुनाव जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’

कमेन्ट गर्नुहोस्
Share: